काठमाडौ, आश्विन १० - प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल बाधक बन्न नहुने बताएका छन् । उनले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर पौडेलले राष्ट्रिय सहमतिका लागि भूमिका खेल्नुपर्ने उल्लेख गरे ।
लतिपुरमा आइतबार समावेशी सम्बन्धी मुद्दाहरु विषयको गोष्ठीको उदघाटनपछि संचारकर्मीसंग कुरा गर्दै उनले एमाले र माओवादीले गरेको सहमतिमा काँग्रेस पनि सहमत हुनुपर्ने बताए ।'दुई दलको सहमतिपछि सहमतिमा आउन सबै दललाई आग्रह गरिएको छ,'उनले भने-'काँग्रेस पनि सहमतिमा आउनुपर्छ ।' प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रक्रियमा जान आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेका छन् । काँग्रेसबाट प्रधानमन्त्रीका उम्मेदवार पौडेलले आफ्नो उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । उम्मेदवारी फिर्ता लिएर नयाँ सहमति गर्न एमाले र माओवादीले काँग्रेसलाई आग्रह गरेको छ ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका लागि सात पटक परिणाम विहीन निर्वाचन भइसकेको छ । आइतबार-आज) आठौं चरणको निर्वाचन हुँदैछ ।
प्रधानमन्त्री नेपालले आजको निर्वाचनपछि सबै दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने बताए । उनले सबै दल बसेर कसलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति खोजेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks