Loving nepal news

Sunday, September 26, 2010

पौडेल आठौं पटक पराजित


कान्तिपुर संवाददाता

काठमाडौ, आश्विन १० - प्रधानमन्त्री निर्वाचनमा बाँकी रहेका एक्ला उम्मेदवार काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल आइतवार आठौं पटक पराजित भएका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी पनि आइतवारको संसद बैठक सुरु भएपछि फिर्ता गरिएका कारण पौडेल एक्लैको नाममा मतदान भएको थियो ।

पौडेलको पक्षमा ११६, विपक्षमा २ र ७१ जना तटस्थ बसेको थियो । प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि ३ सय १ जना साँसदले उनको पक्षमा मतदान गर्नुपर्ने थियो । अब नवौं चरणको निर्वाचन असोज १४ गते दिउँसो ३ बजे हुने छ ।

यसअघि नै माओवादी र एमालेले सहमति गरी निर्वाचन अन्तहीन भएको भन्दै त्यसबाट माओवादी अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिने सहमति गरेका थिए । त्यसै अनुरुप दाहालका प्रस्तावक बाबुराम भट्टराईले उनको उम्मेदवारी फिर्ता लिने प्रस्ताव संसदमा गरेका थिए । सर्वसम्मतिबाट दाहालको उम्मेदवारी फिर्ता भएको थियो ।

तर, काँग्रेसले राष्ट्रिय सहमतिको स्पष्ट आधार तय नभएसम्मका लागि उम्मेदवारी फिर्ता लिनु उचित नहुने भन्दै एक्लै भएपनि निर्वाचनमा सहभागी भएको हो । माओवादी र एमालेले भने निर्वाचन प्रकृया नै बहिस्कार गर्‍यो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks