कास्की, भाद्र २३ - रक्षा मन्त्री विद्या भण्डारीले माओवादी पुर्ण रुपमा शान्ति प्रकृयामा नआए सम्म संविधान नबन्ने बताएकी छन् ।
माओवादीको लडाकु हतियार तथा वाईसीएलको अर्धसैनिक संरचनाकै कारण संविधान निर्माणमा कठिनाई भएको उनले बताइन् । नेपाल निजामति कर्मचारी संगठनले बुधबार पोखरामा आयोजना गरेका संघिय शासन व्यवस्थामा निजामति प्रशासन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै रक्षामन्त्री भण्डारीले माओवादीको लडाकु र हतियारनै संविधान निर्माणको बाधक भएको आरोप लगाइन् ।
'कांग्रेस एमालेसँग लडाकु र हतियार छैन उनीहरुले त्याग गर्ने केही कुरा छैन' उनले भनिन्, 'हतियारको बलमा माओवादी शान्ति प्रकृयामा आउन चाहेको छैन ।' उनले माओवादी शान्ति प्रक्रियामा आओस भनेर उसको लडाकुलाई सरकारले बजेट दिए पनि उसले शान्ति सम्झौताको उल्लंघन गरेको बताइन् ।
मन्त्री भण्डारीले संविधान जारी र सरकार नबन्नुको पछाडी माओवादी नै जिम्मेवार बन्नु पर्ने जनाइन् । अरु दल शान्ति प्रकृयामा आए पनि माओवादीले बलमिच्याई गरेको बताउँदै उनले सरकार नबन्नुको पछाडि माओवादी नै दोषी भएको बताईन । 'अहिले मुलुकमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना छैन' रक्षामन्त्री भण्डारीले भनिन्, 'मुलुकलाई माओवादीले नै अनिर्णयको बन्दी बनाएको छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks