पाल्पा, आश्विन ५ - अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसरमा पाल्पाको तानसेनमा मंगलबार बृहत शान्ति र्याली निकालिएको छ ।
र्याली तानसेनको भगवतीस्थानबाट सुरु भएर सित्तलपाटी, नारायणस्थान, लहरेपिपल, मखनटोल हुँदै पुनः भगवती स्थानमा पुगेर टुंगियो । स्थानिय शान्ति समिति, युवा कार्य नेपाल, दलित महिला संघ लगायतका संघसंस्थाको संयूक्त आयोजनामा र्याली निकालिएको हो ।
र््यालीमा विभिन्न संघसंस्था, नागरिक समाज, विद्यालयका विद्यार्थी, आदीवासी जनजातिहरूको उपस्थिती थियो । प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मीले नेपाली राष्ट्रिय झण्डोत्तलन गरी र्यालीको शुभारम्भ गरेका हुन् । स्थानिय शान्ति समितिका सदस्य यादव बहादुर रायमाझीले शान्ति तथा संविधानको लागि सहमति, सहकार्य र एकता हुनुपर्नेमा जोड दिए । स्थानिय शान्ति समितिले आयोजना गरेको र्यालीमा एकीकृत नेकपा माओवादीको भने उपस्थिति थिएन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks