Loving nepal news

Saturday, September 25, 2010

साना सिलिन्डर ल्याउनेबारे विवाद

काठमाडौ, आश्विन १० - नेपाल आयल निगमले ग्यास कम्पनीलाई साना सिलिन्डर बजारमा ल्याउन दिने तयारी गरिरहेका बेला व्यवसायीबीच विवाद बढेको छ ।

एलपी ग्यास उद्योगी संघको शुक्रबार बसेको बैठकमा सहभागी अधिकांश सदस्यले साना सिलिन्डर ल्याउन नदिने निर्णय गरेका छन् । ग्यास बिक्रेता महासंघ, भेरी ग्यास र नबिल ग्यास भने साना सिलिन्डर ल्याउनुपर्छ भन्ने पक्षमा छन् । उनीहरूले संघको निर्णयको विरोध गरेका छन् ।

साना सिलिन्डर जोखिमयुक्त हुने भएकाले ल्याउन नदिने निर्णय गरिएको उद्योगी संघका अध्यक्ष सागरमल अग्रवालले बताए । 'साना सिलिन्डरको प्रयोगलाई बढावा दिँदा ठूला सिलिन्डरबाटै त्यसमा भर्ने प्रवृत्रि बढ्छ,' उनले भने, 'यसले प्रयोगकर्ताको ज्यान जोखिममा पर्न सक्छ ।'

उनका अनुसार बजारमा रहेका कमसल सिलिन्डर सबै 'डिस्पोज' गरे मात्र ५ र ३ किलोका सिलिन्डर ल्याउनेबारे सोच्न सकिन्छ । 'सरकारले यससम्बन्धमा ठोस नीति ल्याउन जरुरी छ,' उनले प्रश्न गरे, 'साना सिलिन्डर बिक्रीका लागि कुनै नीति नभएकाले दुर्घटनाको जिम्मेवारी कसले लिने ?'

लोडसेडिङका कारण राजधानीमा साना सिलिन्डरको प्रयोग बढेकाले त्यसलाई रोक्न नमिल्ने नबिल ग्यासका सञ्चालक रन्जित सिंहले बताए । 'कमसल साना सिलिन्डर नियन्त्रणका लागि सम्बन्धित निकायले योजना बनाउनुपर्छ,' उनले भने, 'खराब पक्ष सबैमा हुने भएकाले सकारात्मक पक्षलाई नजरअन्दाज गर्न मिल्दैन ।' पहाडी र हिमाली क्षेत्रमा साना तौलका सिलिन्डर लैजान सजिलो हुने र कम मूल्यमा पाइने भएकाले यसले धेरै उपभोक्तालाई सेवा पुग्ने सिंहको भनाइ छ ।

राजधानीलाई मात्र लक्षित गरेर कुनै पनि निर्णय लिनु उचित नभएको भन्दै उनले बाहिरी जिल्लाका प्रयोगकर्तालाई समेत ध्यान दिइनुपर्ने बताए । 'उद्योगलाई साना सिलिन्डर बनाउने अधिकार दिँदा उपभोक्ता तथा ग्राहकले बिनाब्रान्डका गुणस्तरहीन सिलिन्डर प्रयोग गर्न पर्दैन,' उनले भने ।

मुलुकभर डेढ लाखभन्दा बढी साना सिलिन्डर प्रयोगमा रहेको ग्यास बिक्रेता संघको दाबी छ । यी सबै सिलिन्डर भन्सार छलेर भित्र्याइएकाले यसको गुणस्तरमा प्रश्न उठिरहेको छ । गुणस्तर विभागले पनि यसअघि सुरक्षाको हिसाबले साना सिलिन्डर उपयुक्त नभएको भन्दै यसको आयात र बिक्री-वितरण रोक्न निर्देशन दिएको थियो । विभागले यस्ता सिलिन्डर प्रयोगका लागि खुला गर्ने/नगर्नेबारे विस्तृत अध्ययनपछि मात्र निर्णय गरिने जनाएको छ ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले भने आफ्ना थोत्रा सिलिन्डर फिर्ता हुने डरले केही कम्पनीले साना सिलिन्डर ल्याउन नदिने निर्णय गरेको बताए । 'कुनै एक उद्योगलाई उत्पादन अनुमति दिनेबित्तिकै कमसल सिलिन्डर विस्थापित हुन्छन्,' उनले भने, 'उद्योगले नै ठूला ग्यासबाट सानोमा खन्याएर बिक्री वितरण गर्ने र अतिरिक्त आर्जन गर्ने लोभ पालेका छन् ।'

उनले आफ्नो स्वार्थपूर्तिका लागि गुणस्तर विभागका उच्च अधिकारीलाई विभिन्न प्रलोभन दिई साना तौलका सिलिन्डर ल्याउन नदिने षड्यन्त्र भइरहेको दाबी गरे । 'व्यवसायीले नाफा कमाउनुपर्छ तर उपभोक्तालाई सहज हुनेखालका सामग्री रोक्नु भएन,' अर्यालले भने ।

शिला पाण्डे

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks