Loving nepal news

Saturday, September 4, 2010

कुबेत लगिन लागेकी युवतीको उद्धार

अबधेशकुमार झा
इनरुवा, भाद्र २० - अबैध रुपवाट कुबेत लगिन लागेकी सुनसरी सदरमुकाम इनरुवाकी एक महिलालाइ दिल्ली स्थित नेपाली राजदुतावासले उद्धार गरी घर पठाएको छ । दुइदिन अघि दिल्ली स्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलबाट उद्धार गरिएकी इनरुवा ४ का बिन्देश्वर रिसिदेवकी छोरी सिमा रिषीदेवलाइ दुतावासले प्रवासी नेपाली मित्र मञ्चको सहयोगमा आइतबार घर पठाएको हो । गत साउनमा नक्कली राहदानी बनाइ सुनसरीको इटहरी घर भएकी मिना नाम वताउने एजेन्टले आफूलाइ १५ दिन लगाएर दिल्ली पुर्‍याएको पीडित महिला सिमाले बताए । तीन छोरीकी आमा २७ वर्षीय सिमालाइ श्रीमानले छोडेपछि छोरीहरुलाइ माइतीमै छोडेर उनी तीसहजार रुपैया दिएर कुबेत जान हिडेकी थिइन् । एजेन्टले भारतीय दलालको जिम्मा लगाइदिएको बताउदै उनले दिल्ली एयरपोर्टमा राहदानी जाच्दा नक्कली भएपछि त्यहाको अध्यागमन बिभागले जेल हाल्नै लाग्दा नेपाली दुतावासले उद्धार गरेको बताइन् । उनलाइ लिएर इनरुवा आएकी प्रवासी नेपाली मित्र मञ्चकी सह सचिव कालिका पोखरेलले दुतावासले बिमानस्थलमा अलपत्र परेकी सिमालाइ उद्धार गरेर आफुहरुको जिम्मा लगाएको बताइन । सिमासित भारत स्थित नेपाली दुतावासका दितिय सचिव रुनु चापागाइद्धारा हस्ताक्षरित चिठीमा सुनसरीका प्रमुख जिल्ला अधिकारीलाइ आपनो जिल्लाका मान्छेलाइ सकुसल घर पुरयाउन आग्रह गरिएको छ । दुइदिन अघि दिल्लीमा उद्धार गरिएकी उनि आज बिहान घर पुगेकी छन् । पीडित सिमाले आफुहरुलाइ बेच्नैको लागि भारतीय दलालहरुले चाहेको बताइन ् । उनले भनिन म समेत चारजना नेपाली चेली थिइन मलाइ दुतावासले उद्धार गर्‍यो अन्य तीनजनालाइ दलालहरुले कहा पुर्यायो थाहै भएन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks