दाङ, आश्विन १० - बिभिन्न यातायात मजदूर संगठनहरुले शनिबारदेखि आव्हान गरेको चक्काजामका कारण आइतबार पनि मध्य तथा सुदूरपश्चिम क्षेत्रको यातायात सेवा ठप्प भएको छ ।
गत भदौ २७ गते सुर्खेतको राकममा राप्ती-भेरी यातायात ब्यबसायी समितिद्वारा सञ्चालित ना ३ ख ६६५१ नम्बरको बसका चालक वकिल बुढाथोकीलाई स्थानीयबासीले हात खुटटा वााधेर जिउदै भेरी नदिमा बगाईदिएको बिरोधमा यातायात मजदूरहरुले चक्काजाम गरेका हुन् । बसले च्यापेर स्थानिय बालिका इन्दिरा बिसीको मृत्यु भएपछि आक्रोशित आफन्तहरुले चालक बुढाथोकीलाई नदीमा बगाइदिएका हुन् । उनी केही दिनपछि मृत फेला परेका थिए ।
मृतकलाई शहीद घोषणा गर्नुपर्नेर्, यातायात मजदूरहरुको सुरक्षा ग्यारेण्टी हुनुपर्ने र दोषीमाथि कारवाहीको माग गर्दै दुई दिन मध्य तथा सुदूरपश्चिममा यातायात बन्द आव्हान गरिएको अखिल नेपाल यातायात मजदूर संघका केन्द्रीय सदस्य ईश्वरी पाण्डेले जानकारी दिनुभएको छ । अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले राप्ती, भेरी, कणर्ाली, सेती र महाकाली अञ्चलमा यातायात बन्दको आव्हान गरेका हुन् । बन्दका कारण यस क्षेत्रमा सार्वजनिक सवारीका कुनै पनि साधनहरु चल्न पाएका छैनन् । दशैं नजिकिदै गर्दा यातायात बन्द भएपछि टाढाटाढा जाने यात्रुहरु समस्यामा परेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks