काठमाडौ, आश्विन १२ - संविधानसभाका सात विषयगत समितिले आफ्नो मस्यौदा संवैधानिक समितिमा पठाउने भएका छन्। दलहरुबीच सहमति जुट्न नसक्दा अन्य सात समितिका मस्यौदा भने यसै थन्किरहेका छन्।
मधेसवादी चार दल, माओवादी, कांग्रेस र एमाले सहितको सहभागितामा प्रतिनिधिसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग भएको बैठकले सात समितिका मस्यौदा संवैधानिक समितिमा पठाउने बारे छलफल गरेको थियो। बैठकमा वर्तमान राजनीतिक अन्यौलको निकास, सरकार गठन, शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा समेत छलफल भएको थियो।
बैठकमा एनेकपा (माओवादी) र एमालेले कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए भने कांग्रेसले पहिले एमाओवादीले शान्ति र संविधान लेखनप्रतिको प्रतिबद्धता जनाउनुपर्ने, वाइसिएलको अर्धसैनिक संरचना भङ्ग गर्नुपर्ने र कब्जा गरिएका घरजग्गा फिर्ता गर्नुपर्ने अडान राखेको थियो।
एमाले अध्यक्ष झलनाथ खनालले दलहरूबीचको छलफललाई अझ घनिभूतरुपमा अगाडि बढाउँदै जाने सहमति भएको बैठकपछि पत्रकारहरूलाई बताए।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कामचलाउ सरकारले बजेट ल्याउनेभन्दा पनि तत्कालै सहमतिमा सरकार गठन गर्नुपर्नेमा बैठकमा जोड दिएको बताए।
बैठकको प्रारम्भमा अध्यक्ष नेम्बाङले म्याद थप गरिएको चार महिना बितिसक्दा पनि संविधान लेखनकार्य अघि नबढेकाले प्रमुख दलहरू त्यसप्रति गम्भीर हुनुपर्छ भन्दै ध्यानाकर्षण गराएका थिए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks