काठमाडौं, भाद्र ३१ - महाधिवेशनका लागि उद्योगी-व्यवसायीले सहयोग नगरेको आर्थिक समितिका संयोजक दीपकुमार उपाध्यायले आरोप लगाएका छन् । उद्योगीले सहयोग नगरेकै कारण एक करोडमात्रै सहयोग भएको उनले जानकारी दिए ।
'पार्टीले अपेक्षा गरेअनुरुपको रकम प्राप्त भएन,' रिपोर्टर्स क्लवको साक्षात्कार बिहीबार उपाध्यायले भने, 'अहिलेसम्म तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिए पनि एक करोड मात्रै संकलन भयो, उद्योगीहरुले रेस्पोन्स गरेनन् ।'
अरु पार्टी जस्तो तोकेरै यति दिनुपर्छ भनेर बाध्य नपारेको स्पष्ट पादै उनले स्वेच्छाले केहीले दिएको र अरुबाट दिने आश्वासन पाएकाले महाधिवेशन अवधिभरीमा खर्च उठ्ने विश्वास ब्यक्त गरे । कांग्रेसले महाधिवेसनको खर्च तीन करोड रुपैयाँ अनुमान गरेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks