मकर श्रेष्ठ
भक्तपुर, आश्विन ५ - कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्वास्थ्यमा सुधार भएको छ । आइतबारदेखि भक्तपुरको चित्तपोलस्थित मुलुकै अग्लो शिव मुर्ति परिसरमा रहेको हिलटेक हेल्थ एण्ड होम्स प्राकृतिक उपचार केन्द्रमा उनको उपचार भइरहेको छ ।
खुट्टा टेक्न नसक्ने अवस्थामा उनको यहाँ भर्ना गरिएको थियो । अहिले भट्टराईको सुनिएको खुट्टामा सुधार आएको उनको उपचार संलग्न चिकित्सक ब्रिज भुषण सिंहले इ-कान्तिपुरलाई जानकारी दिए ।
खुट्टामा केही सुधार आएपनि खाना खानमा भट्टराईको रुचि अझै नभएको चिकित्सक सिंहले बताए । उनका अनुसार बुधबार विहानसम्म पनि भट्टराईले खानामा रुचि नदेखाए अपरान्ह २ वजेतिर उनको अन्य अस्पतालमा रिफर गरिने छ । अहिले मसाज, तातो बाथ, आस्थामा विधि र छातीमा हर्वल मसाज प्राकृतिक पद्धतिद्वारा उनको उपचार भइरहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks