निजगढ, आश्विन ४ - बाराको बघवन ५ मा पार्किङ गरी राखिएको निजी एक्साभेटर गाडीमा आईतबार अज्ञात समूहले आगजनी गरेका छन् ।
आगजनीले डेढ लाख बराबरको क्षति पुगेको जिविस बाराका प्राविधिक वकिल मियाँले बताए । उनले उक्त गाडी काठमाडौंको वसन्त बोहराबाट ७ लाख धरौटी राखेर सम्झौंता गरी चार महिना अघि भाडामा ल्याएका हुन् ।
५/६ जनाको समूहमा आएका हतियारधारीले गाडीमा आगो लगाएको स्थानिय वासिन्दाले बताएका छन् । भाडामा गाडी चलाए बापत चन्दा दिन विभिन्न समूहबाट माग आउँदा चन्दा नदिएपछि गाडीमा आगजनी गरेको मियाँले बताए । उनका अनुसार ती समूहले पाँच लाख चन्दा मागेका थिए ।
कुन समूहले चन्दा मागेका हुन् भन्ने बारे उनले खुलाएनन् । विकास निर्माणको कार्यमा प्रयोग हुने ४० लाख पर्ने उक्त गाडी जापानबाट ठेकेदारले ल्याएपनि गाडी दर्ता नगरेको कारण नम्बर खुल्न सकेको छैन ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks