कान्तिपुर संवाददाता
:: गृहपृष्ठ » मुख्य समाचार »
बंगालादेशमा मृत्यु भएका नेपालीको परिचय खुलेन
कान्तिपुर संवाददाता
*
*
*
*
काठमाडौ, आश्विन ३ - बंगालादेशको चितगाउँस्थित कारागारमा उपचारकाक्रममा मृत्यु भएका नेपाली नागरिकको परिचय स्पष्ट नहुँदा ढाकास्थित नेपाली दूतावासलाई शव बुझ्न समस्या भएको छ । झण्डै ४२ वर्षिय जगनारायण नामका ती नेपाली नागरिक तीन बर्षदेखि कारागारमा थिए ।
'काठमाडौंको कपुरफुकुवा-गणेशपुर भन्ने ठेगानाका यी मृत व्यक्ति नेपाली नागरिक रहेको भन्दै बंगालादेशको गृह र परराष्ट्र मन्त्रालयले मृतकको शव उठाउन आग्रह गरिरहेको छ,' ढाकास्थित नेपाली दुतावासका काउन्सिलर कृष्णचन्द्र अर्यालले ईकान्तिपुरसँग टेलिफोनमा भने । सन् २००७ को मार्चमा उनी पक्राउ पर्दा समेत पासपोर्ट थिए ।
उनी थुनामा रहेकै बेला बिरामी परेपछि उपचार क्रममा अगष्ट १ मा निधन भएको जानकारी दुतावासलाई दिइएको छ । 'निज मृतक नेपाली नागरिक हुन्, होइनन् र उनको नेपालको ठेगाना के हो भन्ने नपहिल्याइ शव जिम्मा लिन सकिने स्थिती छैन,' अर्यालले भने, 'उनको बाबुको नाम मानिक भनिएको छ । तर अन्य कुनै परिचय र ठेगाना नखुलेकाले थप अन्यौल भएको छ ।'
मृतकको शव स्थानीय अस्पतालमा राखिएको उनले जानकारी दिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks