कान्तिपुर संवाददाता
काठमाडौ, आश्विन ३ - फेसन सप्ताहको सिलसिलामा दोस्रोपटक नेपाल आइपुगेकी 'मिस इन्डिया-२००९’ पूजा चोपडा शुक्रबार हजुरआमा कमलेश मल्होत्राको इच्छा पूरा गर्ने क्रममा गोरखाको मनकामना मन्दिर पुगिन् । फिसटेल एयरको हेलिकप्टरबाट मनकामना डाँडामा उत्रिएकी उनले पूजाआजापछि मनकामना केबलकारको अनुभव लिन तल कुरिनटार र्झन चाहिन् । केबलकारबाट बेलुकी माथि फर्किनासाथ मौसम बिगि्रयो र हेलिकप्टरबाट काठमाडौं फर्किन नसकिने भयो । उनीहरू बास बस्न कुरिनटारै झरे । तर सुन्दरीको अनुहारमा कुनै तनाव देखिएन, बरु भनिन्, ँमनकामना जस्तो सुन्दर र पवित्र थलोमा बढी बस्नुपर्दा निकै रोमाञ्चक अनुभूति भइरहेको छ ।’
शनिबार बिहान साढे ६ बजे मनकामना डाँडाबाट चोपडालाई लिन हेलिकप्टर तल कुरिनटार आइपुग्यो । ँमुम्बई पुगेपछि साथीभाइ र सबै आफन्तलाई नेपालको घुम्न जानैपर्ने ठाउँ रहेछ भनी प्रचार गर्छु,’ काठमाडौं फर्किदै गर्दा देखिएको सुन्दर दृष्यप्रति उनले प्रतिक्रिया दिइन्, ँनजिकको छिमेकी देश यति सुन्दर हुँदाहुँदै बढी पैसा खर्च गरेर युरोप किन जाने ?’
हालै दक्षिण भारतीय फिल्ममा मुख्य नायिकामा अनुबन्ध भएकी चोपडाले निर्माताहरूलाई पनि हिन्दी फिल्म सुटिङका लागि नेपाल आउन उत्प्रेरित गर्ने बताइन् । भनिन्, 'र म पनि फेरि नेपाल फर्केर आउँछु ।’
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks