काठमाडौ, आश्विन २ - नेपाली कांग्रेसको बाह्रौ महाधिवेशनमा शनिबार दोस्रो दिन बिहान ८ बजेदेखि केन्द्रिय कार्य समितिको उम्मेदवारी मनोनयन जारी छ ।
सानेपास्थित केन्द्रीय कार्यलयमा पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको उम्मेदवारी मनोनयन सुरु भएको हो । मनोनयनका क्रममा ठूलो मात्रमा कार्यकर्ताहरुको भीड लागेको छ ।
केन्द्रिय अध्यक्षमा हालसम्ममा शेरबहादुर देउवा र भीमबहादुर तामाङले मनोनयन दर्ता गरिसकेका छन् । देउवा आफै आएर मनोनयन दर्ता गरका हुन् भने तामाङ वारिस मार्फत दर्ता गराएका हुन् ।
उम्मेदवारी घोषणा गरिसकेका सुशील कोइरालाको भने अझै उम्मेदवारी परिसकेको छैन । उनी १० बजे उम्मेदवारी दर्ताका लागि आउने जानकारी दिइएको छ ।
महामन्त्रीमा नरहरी आचार्यले मनोनयन दर्ता गराएका छन् । अन्य प्रकाशमान सिंह र बिमलेन्द्र निधिले यसअघि नै घोषणा गरेको भएपनि अझै मनोनयन गरिसकेको छैन ।
केन्दि्रय सदस्यमा रामचन्द्र पौडेल, खुमबहादुर खड्का, चक्र बास्तोला, गेविन्दराज जोशी, सुप्रभा घिमिरेलगायत खुला, अञ्चल र समावेशीका कोटाका गरी हालसम्म करिव सय जनाले मनोनयन गरिसकेका छन् ।
भीड बढ्दै गएको छ । भीडलाई व्यवस्थित गर्न नसकेकोले सञ्चारकर्मीले जानकारीहरु सजिलोसंग पाउनसकेका छैनन् ।
थप जानकारी:
- पुर्व केन्द्रीय सदस्यहरु शरेखर कोइराला र कृष्णप्रसाद सिटौला पनि उम्मेदवारी दिन आइपुगेका छन् ।
- सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादव र श्रम मन्त्री अफताव अलाम दलबल सहित नारा लगाउदै केन्द्रिय सदस्यमा उम्मेदवारी मनोनयन दर्ताका लागि आइपुगेका छन् ।
-उम्मेदवारी दर्ताका लागि बिहान सुरुमै युवा नेताहरुको घुइचो लागेको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks