दोलखा, भाद्र १८ - एकतर्फी खुलाईएको पुष्पलालमार्ग लगातारको अविरल वषर्ाले पहिरो खसेपछि बिहीवार रातिबाट पुनः अवरुद्ध भएको छ ।
दोलखाको लाकुरीडाँडा र वोच गाविसको सिमानामा पर्ने हलहलेमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि राजधानीवाट रामेछाप , ओखलढुङगा , सिन्धुली जिरी , सिंगटी र दोलखाका आउने जाने यात्रुहरु विहानैवाट अलपत्र परेका छन् । वषर्ा नरोपिएका कारण अवरुद्ध राजमार्ग खुलाउने कठिनाई भैरहेको प्रहरीले जनाएको छ । यसैगरी लगातारको वषर्ाले भीरकोटको कालिदहमा माथीवाट खसेको पहिरोका कारण राजमार्ग पुर्णरुपमा क्षति भएपछि २ ठाउँमा यातायात परिवर्तन गरी यात्रु आउनेजाने गरेका छन् । सो स्थानमा सवारी आगमनमा लागी वैकल्पिक सडक निमार्ण गर्नुपर्ने भएको डिभीजन सडक कार्यालय चरिकोटले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks