Loving nepal news

Tuesday, September 14, 2010

कांग्रेसले फिर्ता लिए माओवादीले पनि उम्मेदवारी फिर्ता लिने / माओवादी चिल होः दाहाल

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र ३० - कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार फिर्ता नलिएसम्म माओवादीले पनि कायमै राख्ने भएको छ ।

केन्द्रीय समितिको पछिल्लो बैठकले प्रधानमन्त्री निर्वाचन प्रक्रियाबारे पुनर्विचार गर्ने निर्णय गरे पनि कांग्रेस र एमाले सहमत नभए उम्मेदवार फिर्ता नलिने जनाएको छ । केन्द्रीय समिति बैठकले प्रमुख दुई दल कांग्रेस र एमालेसँग छलफल गरी नयाँ प्रक्रियामा जाने निर्णय गरे पनि कांग्रेस त्यसका लागि तयार हुने सम्भावना कम छ । नयाँ प्रक्रियामा कांग्रेस सहमत नभएसम्म माओवादी उम्मेदवा फिर्ता लिने पक्षमा देखिँदैन । यद्यपि माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रधानमन्त्री निर्वाचनअघि नयाँ प्रक्रिया थालनी होस् भन्ने चाहेको बताए ।

'१० गतेको निर्वाचनअघि नयाँ प्रक्रिया थालनी होस् भन्ने चाहन्छौं,' दाहालले पोलिटब्युरो सदस्य हरिभक्त कँडेलको 'नेपाली क्रान्तिका चुनौतीहरू' पुस्तक विमोचन कार्यक्रममा भने, 'गत्यावरोध तोड्न लागिपरेका छौं । माओवादी पट्यारालाग्दो स्थिति बनाइराख्न चाहँदैन ।'

स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले कांग्रेस र एमाले तयार नभएसम्म नयाँ प्रक्रियामा जान गाह्रो हुने बताए । 'सहमति नग माओवादीले मात्र उम्मेदवा फिर्ता लिने कुरा आउँदैन,' उनले कान्तिपुरसँग भने, 'सहमतिका लागि कांग्रेस र एमाले तयार हुनुपर्‍यो ।' उनले माओवादी सहमतिका लागि त्याग गर्न तयार भएको पनि जनाए ।

निष्कर्ष ननिस्कने प्रधानमन्त्री निर्वाचन प्रक्रियाले जनतालाई 'दिक्क' पारेको उल्लेख गर्दै भने, 'न निष्कर्षमा पुग्ने, न पछि हट्ने अवस्था छ । यसले मुलुकको पस्थिति जटिल बनाउँदै गएको छ ।'

संसदको बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अन्य दलले सरकार बन्न नदिने षड्यन्त्र गरेको आरोप लगाए । 'राष्ट्रिय सहमतिमा जोड दिँदै उम्मेदवा फिर्ता लिने घोषणा गर्‍यौं तर अन्य दल सरकार बन्न नदिन षड्यन्त्र रच्दै अघि बढेका छन्,' उनले भने, 'फेरि पनि हामी राष्ट्रिय सहमतिका लागि अपिल गर्छौं ।'

माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले सबै दलसँग छलफल गरी 'प्रधानमन्त्री निर्वाचन चक्र' तोड्न केन्द्रीय समितिको निर्देशन भएको जनाए । उनले भने, 'सहमति गरी नयाँ प्रक्रियामा जानुपर्छ ।' तर उनले जनादेशअनुसार माओवादीकै नेतृत्वमा सरकार हुने अडान कायम रहेको बताए ।

केन्द्रीय समिति बैठकले उम्मेदवारी फिर्ता लिने/नलिने निर्णय गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ । 'सरकार गठन हुन नदिन भारतको भूमिका छ,' पोख्रेलले भने, 'यही स्थिति रहन दिए थप संकट आउँछ ।'

माओवादी चिल हो : दाहाल

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई 'चिल' र अन्य पार्टीलाई 'कुखुरा' भनेका छन् । 'माओवादी चिलजस्तै आकाशमा उड्ने पार्टी हो,' उनले मंगलबार एक कार्यक्रममा भने, 'अरू उड्न नसक्ने कुखुरा हुन् ।' पार्टीभित्रको बहस विवाद नभएको उल्लेख गर्दै दाहालले आगामी दिनमा सशक्त ढंगले अघि बढ्ने जनाए । 'हामी सभ्य र भव्य बहसमा छौं,' उनले भने, 'निष्कर्ष निकालेर चिलजस्तै उडान गर्ने तयारीमा छौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks