Loving nepal news

Saturday, September 4, 2010

निर्माण व्यवसायीको घरमा बम

दुर्गालाल केसी

दाङ, भाद्र १९ - दाङको घोराही नगरपालिका-११ रतनपुरस्थित एक निर्माण ब्यवसायीको घरमा शनिबार बिहान क्यान बम फेला परेको छ । निर्माण व्यवसायी भोजराज अधिकारीको घरको मुल गेटमा बम फेला परेको हो । झोलाभित्र ८ वटा ठूला र दुईवटा सानो व्याट्रीमा तार जोडिएको अवस्थामा बम फेला परेको थियो ।

बम भेटिएको जानकारी पाएपछि नेपाली सेनाको १९ नं. बाहिनी तुलसीपुरबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । दाङ निर्माण व्यवसायी संघका उपाध्यक्ष समेत रहेका निर्माण ब्यवसायी अधिकारीलाई यसअघि कुनै पत्र वा धम्की नआए पनि दाङ निर्माण व्यवसायी संघलाई भने गणतान्त्रिक योंग टाईगर गु्रपले ३५ लाख रुपैंया चन्दा माग गरेर पत्र पठाएको बताइएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks