Loving nepal news

Thursday, September 16, 2010

९० नेपाली कतारको जेलमा

पर्वत पोर्तेल

काँकडभिट्टा, भाद्र ३१ - ९० जना नेपाली कामदार तीन दिनदेखि कतारको जेलमा रहेका छन् । मेचीनगर ११ का अविचन्द्र तिवारीले परिवारलाई फोन गरी आफूसहित ९० जना कतारको जेलमा रहेको बताएका हुन् ।

२१ म्हिनादेखि अलवादर कम्पनीमा कार्यरत तिवारीसहित झापा, मोरङ, सुनसरी, सप्तरीलगायतका क्षेत्रका नेपाली कामदार जेल परेका हुन् । कम्पनीसँगको विवादपछि उनीहरुलाई जेल हालिएको तिवारीले फोनमार्फत परिवारलाई जानकारी दिएका हुन् । 'तीन दिन देखि सवै भोकै छौं', छोराले फोनमा भनेको कुरा उद्धृत गर्दै तेजप्रसाद तिवारीले भने ।

कम्पनीले सुरुमा हजार रियाल तलव दिदै आएकोमा अहिले घटाएर ६ सय ५० मात्रै त्यो पनि समयमा नदिने अभिचन्द्रले जनाएका छन् । कम्पनीले तलवकै विषयमा काम गर्ने ठाँउ स्थानान्तरण गर्नुका साथै जेल हालेको उनले बताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks