काठमाडौ, भाद्र २३ - नेपाली सेनाले हालै गरेको भर्ना आह्वानमा ५७ हजार भन्दा बढि आवेदन परेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको बिज्ञप्तिमा ५७ हजार ५ सय १३ आवेदन परेको उल्लेख गरिएको छ ।
निर्देशनालयले सेनाको भर्नामा उल्लेख्य रुपमा युवायुवतीहरुले सहभागिता जनाएको बताइएको छ । सेनाले गत साउन १७ गतेदेखि भदौ १५ गतेसम्म भर्ना खोलिएको म्यादलाई बिलम्ब शुल्क लाग्ने गरी थप ७ दिन बढाएको थियो ।
भर्ना आवेदन शुल्क बापत १ करोड ६९ लाख, ३८ हजार ६० रुपैयाँ राजश्व संकलन भएकोसमेत उल्लेख गरिएको छ ।
सेनाले जनाए अनुसार अधिकृत क्याडेट कुल २ सय ५० संख्यामा ८ हजार ७ सय ३ र अन्य दर्जा तर्फ ३ हजार २ सय १४ जनाको संख्या रहेकोमा ४८ हजार ८ सय १० वटा आवेशदन परेको उल्लेख गरिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks