Loving nepal news

Wednesday, September 15, 2010

माओवादीका नेता मृत अवस्थामा फेला

रामेछाप , भाद्र ३०

माओवादीका जिल्लास्तरीय नेता रामहरि कँडेल मृत अवस्थामा बुधबार बिहान फेला परेका छन् । रामहरि कँडेल ८ नम्बर एरियाका ईन्चार्ज थिए। उनको शव भलुवाजोर गाविस वडा नं ६ को जंगलमा भेटिएको थियो। उनको मृत शरिरको छेउमा विषको बोतल समेत भेटिएको थियो । यस बाट उनले आत्महत्या गरेका हुन कि भनेर शंका गरिएको छ। घट्नाको सुचना प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी निरीक्षक पुष्कर केसी नेतृत्वको प्रहरी टोली अनुसन्धानका लागि घट्नास्थलमा पुगेका थिए। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर कार्कीले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks