Loving nepal news

Friday, September 3, 2010

भट्टराई दुर्घटनाबाट जोगिए

गंगा बीसी

काठमाडौं, भाद्र १८ - माओवादी उपाध्यक्ष बाबुराम भट्टराई दुर्घटनाबाट जोगिएका छन् । गोरखाबाट काठमाडौं आउने क्रममा मुङ्लिन गजुरी सडक खण्ड अन्तर्गत चितवन दाह्रेचोक ९ मा बुटवलबाट राजधानी आइरहेको लु १ ख ६१३९ को यात्रुबाहकको बसको पछाडिको भागले ठक्कर दिएको थियो ।

भट्टराई प्रहरीको स्कर्टिङबाट राजधानी आउँदै गरेका थिए । प्रहरीको गाडीले करिब पाँच किलोमिटर हिड्दासम्म साइड दिएको थिएन । दाह्रोचोकको अलि फराकिलो सडकमा भट्टराई चढेको गाडीले बसलाई पार गर्न खोज्दा बसको पछाडिको भागले छोएको थियो । भट्टराईका स्वकीय सचिब बिश्वदीप पाण्डेका अनुसार भट्टराई बसेको साइडमा बसेले ठक्कर दिएको थियो । भट्टराईलाई केही नभए पनि शङ्कास्पद तरिकाले ठक्कर दिएको उनले जानकारी दिए ।

बस चालक जीवन राना र र बसलाई गजुरी प्रहरीचौकीले नियन्त्रणमा लिएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks