काठमाडौ,२५ भाद्र (दैनिकी)
अमेरिकी राजदूत स्कट एच. डिलिसीले दलहरुबीच आपसी सहमती भए मात्र अनमिनले प्रभावकारी रुपमा काम गर्नसक्ने बताउनुभएको छ । शुक्रबार प्रेस बिज्ञप्ति प्रकाशित गरी राजदूत डिलिसीले अनमिनको अनुगमनकारी तथा अन्य भूमिकाको बहसमा नअल्मलिई शान्ति सम्झौताको पूर्ण पालना गर्न सुझाव दिनुभयो । उक्त वक्तव्यमा डिलिसीले राजनैतिक दलहरुलाइ अन्य भूमिकाको बहसमा नअल्मलिई शान्ति सम्झौताको पूर्णरुपमा पालना गर्न आवश्यक पर्ने र त्यसको लागि कठोर राजनैतिक निर्णयहरु लिन जरुरी रहेको बताइएको छ । उक्त वक्तव्यमा भनिएको छ अनमिनको भूमिकाको विषयमा पार्टीहरुबीच छलफल तथा सहमति हुनु जरुरी रहेको त्यसको लागि राजनैतिक दलहरुले शान्तिप्रक्रियाको पूर्णताका लागि बाधक रहेका मूलभूत मुद्दाहरुलाई सम्बोधन गर्नु पर्ने बताइएको छ ।
डिलिसीले बिहीबार प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाइ बेलायती राजदूत र फ्रान्सेली राजदूतसंगै छुट्टछुट्टै छलफल गर्नुभएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks