Loving nepal news

Sunday, September 26, 2010

बन्दले उदयपुरको जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

उदयपुर, आश्विन ११ - सामुदायीक वन उपभोक्त महासंघले आव्हान गरेको बन्दका कारण सोमबार बिहानै देखि उदयपुर जिल्लाको जनजीवन प्रभावित भएको छ ।सामुदायीक वनको अधिकार कटौति गरेको विरोधमा हिजो जिल्ला वन कार्यालयमा तालबन्दी गर्न गएका महासंघका पदाधिकारीलाई प्रहरीले लाठी र्चाज गरि घाइते बनाएको भन्दै महासंघले जिल्ला बन्दको आव्हान गरेको हो ।

बन्दका कारण सदरमुकाम गाईबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन । बजार पसल पूर्णरुपले बन्द भएको छ । त्यसैगरि जिल्लाका ग्रामिण बजार सहित अन्य मूख्य व्यपारीक केन्द्र कटारी, बेल्टार, रामपुर बजारमा समेत बन्दको प्रभावित भएका छन ।

बाहिरबाट सदरमुकाम आउने सवारी साधनलाई सगरमाथा राजर्मागको कदमाह गाईघाट सडक खण्डको लालपतामा रोकिदाँ सयौ यात्रु बाटोमै अलपत्र परेका छन । महासंघका पदाधिकारीले लालपतामा सवारी साधन रोकिराखेकेा इनद्रवति सामुदायी वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर कार्कीले वताए ।

अन्य क्षेत्रमा बन्दको प्रभाव परेपनि शैक्षिक संस्था, एम्वुलेन्स, दूई पंग्रे सवारी साधन र दुधका गाडी भने संचालनमा आएका छन । शैक्षिक संस्था, एम्वुलेन्स, दुई पंग्रे सवारी साधन र दुधका गाडीलाई अवरोध नर्गन महासंघले आफना सदस्यलाई अनुरोध गरेको छ ।

ताला बन्द गर्न जादाँ प्रहरीको लाठी चार्जमा परि महासंघका अध्यक्ष भरत थापा, महासचिव कुसलबाबु बस्नेत, सदस्य नारायण बुर्जामगर,एकराज बस्नेत, भत्तबहादुर राई र टंकबहादुर पौडेल घाइते भएका छन । घाइते मध्ये बुर्जामगरको टाउकोमा गहिरो चोट लागेकेा थियो । उनको टाउको सात टाका लागेको महासंघले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks