विजेता सिंह जनकपुर,२५ भदौ
ढल्केवर र महेन्द्रनगरको बीचमा जिप पल्टिदा जिपमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शुक्रबार विहान साढे १० बजे दुध, दाउरा र तरकारी बोकी जनकपुरतर्फ आइरहेको बा ५ च १४४३ नम्बरको महिन्द्रा जिप अचानक सडकको बाँया तर्फ पल्टिएको थियो। जिप पल्टिदा धनुषाको भुतही पटेरवा–४ बस्ने अन्दाजी २६/२७ वर्षिय माया कुमार मण्डलको रमदैयामा रहेको रामजानकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ भने घाइतेहुनेमा धुनषाको मुख्यिा पटि–२ बस्ने सँजय यादव रहेको छ। यादवको मेडिकल कलेजमै उपचार भइरहेको छ। यता जिप चालक फरार रहेको र घटना सम्बन्धि अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks