Loving nepal news

Tuesday, September 7, 2010

लुटपाट आरोपमा दुई माओवादी लडाकु पक्राउ/योजनाकार कमाण्डर

कान्तिपुर संवाददाता

परासी, भाद्र २२ - प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा नवलपरासीमा दई माओबादी लडाकुलाई प्रहरीले हतियार र ग्रीनेट सहित पक्राउ गरेको छ । जिल्ला प्रहरीले मंगलवार पत्रकार सम्मेलन गरी माओवादी चौथो डिभिजन हेडक्वाटर झ्यालटुँग डाँडामा कार्यरत रमेश भन्ने राजु बस्याल र अर्पना भन्ने बिन्दु पुन मगरलाई सार्वजनिक गरेको हो । उनीहरु दुबै जना अरुणखोला स्थित चौथो डिभिजन हेडक्वाटरका सेक्सन कमान्डर हुन् ।

माओवादी क्याम्प नजिक पर्ने नयाँ बेलानी गाविस -४ मझुवा स्थित गंगा कुमालको घरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कृष्ण गौतमले जानकारी दिए । उनीहरुको साथबाट प्लास्टीक हाते ग्रीनेट २ थान कटुवा पेस्तोल थान १ चाईनिज पेस्तोल एक थान, रिवाल्वर १ थान बिभिन्न गोली ५ थान, जनमुक्ति सेनाले प्रयोग गर्ने पिएलए लेखेको पोशाक १ सेट स्टार भएको टोपी समेत प्रहरीले बरामद गरेको छ । उनीहरुले गुल्मी ग्वाघा गाबिस ५, ८, ९ मा भदौ ८ गते भवानी गौचनको घरबाट तीन लाख नगद, सुन ३ तोला मोबाईल लुटेको प्रहरी समक्ष बयान दिएका छन् ।

त्यसैगरी नारायण थापाको घरबाट २२ हजार सात सय नगद, सुन ४ तोला, रामअबतार थापाको घरबाट ६० हजार र सुन ३ तोला लुटेको पनि स्वीकारेको प्रहरीले जनाएको छ । त्यसै घटनामा संलग्न रोल्पाका माआबादी कार्यकर्ता रजन बुढामगर, मनेन्द्र्र रोका यस अगाडि प्रहरी चौकी फलेबास पर्बतले पक्राउ गरेको पनि जानकारी दिएको छ । चौथो डिभिजनबाट बिदामा बसेको समयमा उनीहरुले लुटपाट गरेको बताईएको छ । पक्राउ परेका दुबै जनाले बिशाल बिक भनिने जनमुक्ति सेना चौथो डिभिजनका प्लाटुन कमाण्डर लुटपाटको मुख्य योजनाकार रहेको बताएका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks