काठमाडौं, भाद्र १८ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका दुई मुख्य घटक मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्री निर्वाचनमा माओवादीलाई सघाउने स्पष्ट संकेत दिएका छन् । उनीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मत दिने विषयमा छलफल तीब्र भइरहेको जानकारी दिए ।
मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले पछिल्लो समयमा पार्टी अध्यक्ष विजयकुमार गच्छदार र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए । उनले माओवादीको पक्षमा मतदान गर्न सक्ने सम्भावन बढेर गएको बताए ।
'मोर्चाको आधारपत्रमा माओवादी सकारात्मक बन्दै गइरहेको छ,' शुक्रबार रिपोर्टर्स क्लवमा उनले भने, 'माओवादीले आधारपत्रमा सहमति गरे मोर्चाले तटस्थताको निर्णय बदलेर मतदान गर्न सक्छ ।' नेता देवले सहमतिको सरकार बनाउन भने प्रधानमन्त्रीका दुवै प्रत्यासीले उमेदवारी फिर्ता लिन उचित भएको बताए ।
मधेसी जनाधिकार फोरम नेपालका प्रवक्ता रत्नेश्वर लाल कायस्थले आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादव कुन दललाई सहयोग गर्ने भनेर छलफलमा ब्यस्त रहेको जानकारी दिए । 'भदौ २० गते हुने प्रधानमन्त्रीको छैठौ चरणको निर्वाचनबाट मुलुकले प्रधानमन्त्री पाउने सम्भावना छ,' उनले भने ।
मोर्चा विभाजित
फोरम र फोरम लोकतान्त्रिकका नेताहरुले आगामी निर्वाचनमा माओवादीलाई सघाउने संकेत गरेपनि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीका नेताले भने तटस्थताको निर्णय परिवर्तन नहुने बताए ।
सदभावना पार्टीका सह-अध्यक्ष एवम् विनविभागिय मन्त्री लक्ष्मणलाल कर्णले कांग्रेस र माओवादीबाट आधारपत्रमा ठोस जवाफ आइनसकेकोले मोर्चा छैठौ चरणको निर्वाचनमा पनि तटस्थ नै बस्ने दावी गरे । 'कसलाई मतदान गर्ने आधार अहिलेसम्म तय भइसकेको छैन,' उनले भने ।
तमलोपाका नेता जितेन्द्र सोनलले मोर्चाको निर्णयमा अहिलेसम्म फेरबदल नभएको बताए । सिंहदरवारमा फेरि अर्को फोटो झुण्ड्याउन कसैलाई पनि मोर्चाले मतदान नगर्ने उनको भनाई थियो ।
यसअघि भएका पाँच चरणका निर्वाचनमा एमाले र मधेसवादी दल तटस्थ बसेका थिए
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks