भक्तपुर, भाद्र १७ - माले महासचिव सिपी मैनालीले सरकार गठनमा सघाउनका लागि माओवादीबाट आफूलाई पाँच करोड दिने प्रस्ताव आएको खुलासा गरेका छन् ।
'माओवादीका अध्यक्ष प्रचण्डलाई समर्थन गरी ९ भोट दिएमा ५ करोड दिने प्रस्ताव आएको थियो,'रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको नयाँ सरकार गठनमा साना दलको भूमिका विषयक कार्यक्रममा उनले भने-'मैले ५करोडको प्रस्तावलाई लत्याएर सहमतिको विकल्प नभएको बताएपछि माओवादीले मेरो ेपार्टी फुटाएको हो ।'
मालेका चार सभासद र दुई केन्द्रीय सदस्यलाई पैसामा विकाएपनि पार्टीलाई कुनै असर नपरेको उनले दावी गरे । यसअघि माधबकुमार नेपालको नेतृत्वमा सरकार गठन हुँदा पनि माओवादीको तर्फबाट अहिलेको भन्दा दश गुणा बढी रकम र पदको प्रस्ताव आएको उनले बताए । माओवादी अहिले सरकार गठनको लागि सभासद किनवेच जस्तो फोहोरी खेलमा लागेको टिप्पणी गर्दै एमाले, नेपाली कांग्रेस र मधेसवादी दललाई समेत फुटाउने विवरण लिएर हिडेको उनले आरोप लगाए । माओवादीले अन्य पार्टी पार्टी फुटाउन लागेकोले सबैलाईसचेत रहन आग्रह गरे । संविधान निर्माण, शान्ति प्रक्रियाको टुंगोमा पुर्याउने प्रमुख बाधक माओवादी नै भएको दावी गर्दै उनले अहिले पनि देशलाई सर्वसत्ताबाद लादी सत्ता कव्ज गर्ने योजनामा लागेको बताए । भाद्र २० गते अघि नै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दुबै प्रधानमन्त्रीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिई साझा सरकार, साझा प्रधानमन्त्री बनाउन सहमति तर्फ आउनु पर्ने बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks