Loving nepal news

Sunday, August 1, 2010

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण १६ - स्थानीय बजारमा यस साता सुनको मूल्यमा गिरावट आएको छ । साताको पहिलो दिनको दाँजोमा अन्तिम प्रतितोला सुनको मूल्य ७ सय २८ रुपैयाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै स्थानीय बजार प्रभावित भएको हो ।

साताको पहिलो दिन आइतबार प्रतितोला सुनको मूल्य ३५ हजार १ सय ७८ (दश ग्राममा ३० हजार १ सय ६०) रुपैयाँ कायम भएको थियो । शुक्रबार घटेर तोलामा ३४ हजार ४ सय ५० (दश ग्राममा २९ हजार ५ सय ३५) रुपैयाँ कायम भयो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार प्रतिदश ग्राम सुनको मूल्य ३० हजार १ सय ८० रुपैयाँ कायम भएको थियो । मंगलबार यो मूल्य दश ग्राममा ३० हजार रुपैयाँमा झरेको थियो ।

बुधबार प्रतिदश ग्राम सुन २९ हजार ५ सय ८० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार भने बुधबारकै मूल्यमा सुनको किनबेच भयो संघले जनाएको छ ।

'अन्तर्राष्ट्रिय बजारमा आर्थिक सूचकांकमा आएको सुधारका कारण सुनको मूल्य ओरालो लागेको हो,' संघका अध्यक्ष तेजरन्त शाक्यले भने, 'युरो र सेयर बजारमा सुधार आएकाले यस्तो भएको हो । तर बजार स्थित छैन ।' संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस सुनको मूल्य १ हजार १ सय ९० अमेरिकी डलर कायम भएको थियो । शुक्रबार यो घटेर औंसमा १ हजार १ सय ६८ डलर कायम भयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks