अनिल गिरी
काठमाडौ, भाद्र ११ - लामो समयदेखि विवादमा रहेको मेसिन रिडेवल पासपोर्ट (एमआरपी) को छपाइ सम्बन्धी सम्झौतमा हस्ताक्षर भएको छ । शुक्रबार साँझा करिव पौने ६ बजे परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्ट र फ्रान्सेली कम्पनी ओबर्थरका एशिया बजार निर्देशक फ्लोरिन प्याकलिनले एमआरपी छपाई सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ओवरथरले नेपालका लागि ४० लाख थान एमआरपी सन् २०१५ सम्ममा छपाइ गर्नेछ । शुक्रबार दिनभर सम्झौतामा हस्ताक्षर गर्नको लागि तयारी गरेर साँझ हस्ताक्षर भएकको हो ।
अन्तर्राष्ट्रिय रुपमै एमआरपी आवश्यक भएपनि विवादका कारण ढिलो हुँदै आएको थियो । पछिल्लो पटक गरेको बोलपत्र आह्वानमा फ्रान्सको सेक्यूरिटी प्रिन्टिङ प्रेस ओवरथरले सबैभन्दा कम मुल्यमा बोलपत्र भरेका थिए । तर, प्रतिस्पर्धी कम्पनीहरुको उजुरी र बिभिन्न शक्ति केन्द्रहरुको दवावका कारण सम्झौतामा ढिलाई भएको थियो ।
तर, पासपोर्टको पानी रंगको डिजायनमा परराष्ट्र मन्त्री सुजाता कोइरालाले हस्ताक्षर गर्न नमानेपछि ढिलाइ भएको थियो । प्रकृया प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा आइपुगेपछि प्रधानमन्त्री माधवकुमार नेपालले हस्ताक्षेप गरी एमआरपी छपाईको सम्झौतामा हस्ताक्षर गराएका हुन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks