Loving nepal news

Monday, August 23, 2010

अनमिनको भविश्यबारे प्रधानमन्त्रीद्वारा छलफल सुरु

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र ७ - प्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को भविश्य सम्बन्धमा छलफल सुरु गरेका छन् । यसै सम्बन्धमा छलफलका लागि न्यूयोर्कस्थित राष्ट्र संघीय मिसनका अवासीय प्रतिनिधि ज्ञानचन्द्र आचार्यलाई समेत बोलाएका छन् ।

प्रधानमन्त्री नेपालले सोमबार साँझ परराष्ट्र मन्त्री, सुजाता कोइराला, शान्ति मन्त्री रकम चेम्जोङ, मुख्य सचिव माधव घिमिरेलाई समेत राखेर राजदूत आचार्यसंग ब्रिफिङ लिएका थिए । ब्रिफिङमा परराष्ट्र सचिव, शान्ति सचिव तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजाल सहभागी थिए ।

'उहाँलाई (ज्ञानचन्द्र आचार्य) लाई अनमिनको कामकारवाही बारे अन्तरराष्ट्रिय समुदायको धारणा सम्बन्धमा जानकारी लिनका लागि बोलाइएको हो' रिजालले कान्तिपुरसंग भने, 'प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरुलाई ब्रिफिङसमेत भयो ।'

रिजालका अनुसार आचार्यले समय एक दमै थोरै बाँकी रहेको र अन्तरराष्ट्रिय समुदायमा मुलुकको शान्ति प्रकृयामा देखिने खालको उपलब्धी हुन नसकेको भन्ने गुनासो रहेको जानकारी गराएका थिए । उनले शान्ति प्रकृयाको कुरा गर्दा त्यससंग अनमिनको भूमिका पनि जोडिएर आउने हुँदा समयवाधी थप्ने भए अन्तरराष्ट्रिय समुदायमा लविङ सुरु गरिहाल्नु पर्नेसमेत सुझाव दिएका थिए ।

प्रधानमन्त्री नेपालले अनमिनको म्याद थप्ने वा नथप्ने भन्ने सम्बन्धमा छलफल गर्नका लागि बुधबार साँझ ५ बजे प्रमुख दलका नेताहरुको बैठब बोलाउने बताएका थिए ।

यो काम चलाउन सरकार भएकोले प्रमुख दलहरुले गर्ने निर्ण्र्ााअनुसार काम गर्ने भएको अनमिनको म्याद थप्ने वा नथप्ने निर्णय लिइने छ । बैठकमा माओवादी, काँग्रेस, एमाले तथा मधेसवादी दलहरुको बोलाइने बताइएको छ ।

अनमिनको पछिल्लो पटक थपिएको चार महिनाको समयावधी यही भदौ ३० गते सकिंदै छ । अनमिनले यसअघि नै प्रधानमन्त्री तथा प्रमुख दलका नेताहरुलाई भेटी छिटो निर्णय लिन आग्रह गरेको थियो ।

पछिल्लो समय सरकार र काँग्रेसले माओवादीको पक्षमा काम गरेको भन्दै अलोचना गरेपछि अनमिनको भूमिका सम्बन्धमा र्सार्वजनिक रुपमै अलोचना भइरहेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks