Loving nepal news

Monday, August 16, 2010

सभासद् शर्मालाई हटाउने निर्णय

राजेन्द्र फुयाल

काठमाडौ, श्रावण ३१ - तराई मधेस लोकतान्त्रिक पार्टीबाट एक बर्षअघि माओवादी प्रवेश गरेका सभासद् रामकुमार शर्माको सभासद् खारेजीको लागि मंगलबार सभामुखलाई जानकारी दिने भएको छ ।

तमलोपा केन्द्रीय समितिको बैठकले सोमबार शर्माले पार्टी छाडेकाले सभासद् पदबाट हटाउन सभामुखलाई जानकारी गराउने निर्णय गरेको हो । 'पार्टीको निर्णय अनुसार उहाँलाई पार्टीबाट हटाइएको पत्र सभामुखलाई मंगबार बुझाइनेछ' पार्टी सहमहामन्त्री जितेन्द्र सोनालले भने ।

दल त्याग ऐन अनुसार सम्बन्धित दलले पार्टी छाडेको औपचारिक जानकारी गराएमा सभासद्को पद गुम्दछ । उनले एक बर्षअघि नै माओवादी प्रवेश गरेर केन्द्रिय सदस्य बनेको भएपनि उनको सभासद् पदबाट हटाउने निर्णय सोमबार मात्र गरेको हो ।

प्रधानमन्त्री निर्वाचनको क्रममा मधेसवादी दलहरुसंग सहयोग लिनको लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालद्वारा बिशेष भूमिका पाएको बताइएका शर्माले चौथो चरणको प्रधानमन्त्री निर्वाचनको बेला भारतीय दूतावासका कर्मचारी 'सुब्रत दासले सभासद् पद गुम्ने' भन्दै धम्क्याएको दावी गरेका थिए ।

यसैगरी भदौ २ गते हुने प्रधानमन्त्री निर्वाचनमा पनि तमलोपा तटस्थ बस्ने भएको छ । सोनालका अनुसार माओवादी र काँग्रेस दुवैले मधेसी मोर्चाको मागमा स्पष्ट उत्तर नदिएकोले तटस्थ बस्ने पुरानै निर्णयलाई केन्द्रिय समितिको बैठकले अनुमोदन गरेको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks