शिबराज ढुङ्गाना अछाम, श्रावण २० गते
एचआइभीका कारण बुधबार बेलुका एक युवकको उपचारको क्रममा ज्यान गएको छ ।
जिल्लाको विनायक गाविस वार्ड नं. ५ निवासी ३५ बषिर्य दिपक विकको जिल्ला अस्पताल मंगलसैनमा मृत्यु भएको हो ।
मंगलबार मात्रै जिल्ला अस्पतालमा आएका विकको उपचारकै क्रममा ज्यान गएको जिल्ला अस्पताल अछामका स्वास्थ्यकर्मी शुसिला ढुङ्गनाले बताउनु भयो । भारतको मुम्बैमा नोकरी गरी फर्केका विक एचआइभी पोजेटिभ भएर आएका पारिवारीक श्रोतले जानकारी दिएको छ ।
मृतक विकका ४० बषिर्य दाई पनि एचआइभीका कारण जिल्ला अस्पतालमा उपचार गरिरहेका छन् । मृतक विक लामो समय सम्म एचआइभी संक्रमित रहेका थिए । मृतक एक छोरा र एक छोरी रहेका छन् ।
अछाम जिल्ला अस्पतालमा ५ जना भन्दा बढीको ज्यान यस भन्दा अघि नै गईसको छ । जिल्लामा एचआइभी संक्रमितहरुको निकै ठुलो संख्या रहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks