गोरखा, श्रावण २७ - जिल्लाको बुङ्कोट गाउँ विकास समितिस्थित उपस्वास्थ्यचौकीको ब १ ज २५१३ नम्वरको एम्बुलेन्स बुधबार राति गोरखा नगरपालिका-६ खोलखोलेमा दुर्घटना हुँदा त्यसमा सवार तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । एम्वुलेन्स विरामी लिएर पोखरा जाँदै थियो ।
दुर्घटनामा फुजेल-९ का ५५ वर्षीय गोपीलाल श्रेष्ठ, बुङ्कोट-१ का ४५ वर्षीय लीलाबहादुर श्रेष्ठ र बुङ्कोट-६ का ३५ वर्षका प्रेम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी पोखरा पार्दीका विष्णु श्रेष्ठ, बुङ्कोट-९ का विष्णुकुमार श्रेष्ठ, चालक बुङ्कोट-१ का राजु श्रेष्ठ र मानबहादुर श्रेष्ठ घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि पोखरा र काठमाडौं पठाइएको बताइएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks