Loving nepal news

Monday, August 23, 2010

खोलाले बगाएर बेपत्ता

कान्तिपुर संवाददाता
बागलुङ-, भाद्र ८ - अविरल बर्षाको कारण उर्लेको खोलाले बगाएर यहाँ एक युवक वेपत्ता भएका छन् । बागलुङको तमान खोलाले सोमवार साँझ बगाएर तमान गाविस ३ निवासी २६ वर्षका झकबहादुर विकलाई बगाएको स्थानीय हेमन्त मगरले बताए । खोलाले बगाउने वित्तिकै स्थानियवासी र बोङ्गादोभान प्रहरी चौकिबाट गएको प्रहरी टोलिले खोजी गरेपनि पत्ता लगाउन नसकेको प्रहरीले बतायो । वेपत्ता विकका ४ छोरी, १ छोरा र श्रीमति रहेकी छिन् । घटनास्थल सदरमुकाम देखि तीनदिनको पैदल दुरीमा पर्छ । उक्त खोला वारपार गर्ने अधिकांस स्थानमा पुल छैन ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks