कान्तिपुर संवाददाता
तनहुँ, भाद्र १२ - तनहुँको दमौली वजार नजिकै शनिबार विहान पहिरो गई पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा चल्ने सवारी साधनहरु संचालन हुन सकेका छैनन् ।
विहान करिव ६ वजे गएको पहिरोले सयौं सवारी साधन गन्तव्यमा पुग्न सकेका छैनन् । पहिरोले व्यास ११ का करिव आधा दर्जन घरहरु समेत जोखिममा परेको छ । उनीहरु अहिले छिमेकीको शरणमा रहेका छन् । डोजर मार्फत पहिरो हटाउने कार्य भै रहेपनि अविरल वर्षाले पहिरो झर्ने कार्य भै रहेकोले कठिनाई भएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks