Loving nepal news

Monday, August 9, 2010

संविधानको काम सुरु गर्ने प्रयास सुस्त

कान्तिपुर संवाददाता

काठमाडौ, श्रावण २५ - नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढाउने संधिवानसभाको अनौपचारिक प्रयास सुस्त भएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमुख तीन दलको अनौपचारिक संयन्त्रमार्फत उनीहरूलाई विवादित राजनीतिक मुद्दामा नजिक्याउने प्रयासले गति लिन नसकेको हो । नेम्वाङले माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरू सम्मिलित संयन्त्रको बैठक दिनहुँजसो गरिरेहका छन् । तीन दलका शीर्ष नेताहरू समेत उपस्थित छलफलहरूले ठोस नजिता भने दिएका छैनन् ।

बैठकहरूमा संविधानसभाको पूर्ण बैठकबाट पारित गरी संवैधानिक समितिमा पठाउन बाँकी रहेका विषयगत समितिका प्रारम्भिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । आइतबार र सोमबारका लगातारको बैठकमा दुईवटा विषयगत समितिका प्रतिवेदनमा मात्र छलफल हुन सकेको छ । 'राष्ट्रिय हित संरक्षण समिति र सामाजिक सांस्कृतिक ऐक्यबद्धताको आधार निर्धारण समितिका प्रतिवेदनमा छलफल भएका छन्,' छलफलका एक सहभागी एमाले मुख्य सचेतक भीम आचार्यले भने ।

प्रमुख दलहरूबीच महत्त्वपूर्ण राजनीतिक मुद्दामा फरकमत रहेका ती प्रतिवेदन संविधानसभाको पूर्ण बैठकबाट पारित गर्ने प्रक्रियाम नलगिएका कारण संवैधानिक समितिले काम पाएको छैन । संवैधानिक समितिले ती प्रतिवेदन र पूर्ण बैठकका सुझाव समेटेर नयाँ संविधानको मस्यौदा तयार गर्ने छ ।

अध्यक्ष नेम्वाङ विषय समितिका ती प्रतिवेदनका फरक मतमा सहमति खोज्ने वा मतदानमा लैजाने विषय यकिन गर्ने कार्य सकिएपछि संविधानसभाको पूर्ण बैठक बस्ने बताउँछन् । उनका अनुसार अनौपचारिक संयन्त्रको बैठकमार्फत समितिका प्रतिवेदनका विवादित विषयमा समान धारणा बनाउन प्रयास गर्ने र त्यसो हुन नसकेका विषयलाई मतदानमा लैजान प्रश्नावली तयार गर्ने काम भइरहेको हो । यसअघि तीन दलबीच संविधानसभाको कार्यतालिका अनुसार नयाँ संविधान निर्माणको प्रक्रिया अघि बढाउने समझदारी भएको थियो । तर संयन्त्रमार्फत सुरु भएको यो कार्य पनि दलहरूको सत्ता संघर्षबाट प्रभावित भएको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks