काठमाडौ, श्रावण ३१ - एमाले अध्यक्ष झलनाथ खनालले अन्तिम अबस्थामा आएर कार्यव्यस्तताका कारण बैठकका लागि समय नदिएको काँग्रेस नेताहरुले गुनासो गरेका छन् ।
सोमबार दिउसो ३ बजे एमाले संसदीय दलको कार्यालयमा काँग्रेस र एमाले शीर्ष नेताहरुबीच बैठक बस्ने तय भएको थियो । 'हाम्रा सबै नेताहरु तयार भएर काँग्रेस संसदीय दलमा तयार भएर बसेका थियौं' काँग्रेस प्रबक्ता अर्जुननरसिंह केसीले भने, 'तर, अन्तिम् अबस्थामा आएर एक्कासी बैठक स्थगित गरियो ।'
केसीका अनुसार एमाले अध्यक्ष खनालले कार्यव्यस्तताका कारण अन्य नेताहरुलाई खवर गर्न नपाएकाले बैठक स्थागित गर्न आग्रह गरेका थिए । काँग्रेस नेताहरुले खनालले अन्तिम अबस्थामा आएर बैठक स्थगित गरेकोमा नमिठो महसुस भएको बताएका छन् ।
यसअघि बिहान काँग्रेस कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेललगायतका प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्रीमा पौडेललाई सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमतिको कुरा गरेपछि काँग्रेस नेताहरुसंग चर्काचर्की भएको स्रोतको दावी छ । 'हामीले माओवादीलाई भोट हालेपनि हाल्नोस् तर अनिर्णयको बन्दी नबनाउनुस् भन्यौ' बैठकमा सहभागी भए काँग्रेस नेताले भने ।
चौथों चरण सम्ममा पनि प्रधानमन्त्री चुनिन नसकेपछि माओवादी र काँग्रेस दुवैले एमालेलाई आफ्नो पक्षमा ल्याउन कोशिस गरिरहेको छ । तर, एमालेले भने राष्ट्रिय सहमतिले मात्र शान्ति र संविधानलाई टङु्गोमा पुर्याउन सक्ने उल्लेख गर्दै दुवै दललाई प्रधानमन्त्रीको उम्मेदवार फिर्ता लिएर सहमति निर्माणमा लाग्न आग्रह गरिरहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks