Loving nepal news

Friday, August 20, 2010

उच्च माध्यमिक परिषद् तोडफोड

मकर श्रेष्ठ
उच्च माध्यामिक शिक्षा परिषद सानोठिमीमा शुक्रबार तोडफोड गरेको छ । पाँच जनाको समूहमा आएको समूहले उच्चमाविको सम्बन्धन महाशाखामा तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ ।

पौने दुई बजे सम्बन्धन महाशाखा पाँच जना आएर झायलको सिसा र कम्प्युटर तोडफोड गरेको महानगरीय प्रहरी बृत ठिमीका प्रहरी नायब उपरीक्षक राधिका खड्काले जानकारी दिइन् । सीटीईभीटीमा भएको विवाद मिलाउन प्रहरी खटिएको मौका छापेर परिषद्मा तोडफोड भएको उनले बताइन् ।

तोडफोडबाट ६ वटा झायलको सिसा, टेवलको सिसा, कम्प्युटरको मनिट र सीपीयू क्षति भएको छ । सम्बन्धन महाशाखाबाट मुलुकभरि उच्च मावि सञ्चालनका लागि अनुमति दिने गर्छन् । घटनामा अल्फावेट नखुलेको निलो रंगको ७७८७ नम्बरको पल्सर मोटर साइकल प्रयोग भएको प्रहरीले जानकारी दिए ।

क्रान्तिकारीका महासचिव हिमाल शर्माले गैरकानुनी रुपमा उच्च मावि सञ्चालन भएको कलेजलाई कार्बाही गर्न उच्च मावि परिषद् र सरकार उदासिन भएकोले आफ्नो संगठनले चेतावनी दिन तोडफोड गरेको बताए । कारबाहीका लागि सरकारी उदासीनता देखिए सरकार र उच्च माविले अझ क्षति व्यहोर्नु पर्ने उनले बताए ।

क्रान्तिकारीले नियमविपरीत सञ्चालन भएको भन्दै बिहीबार केही कलेजमा तोडफोड गरेको थियो । तोकेको स्थानबाहेकमा सञ्चालन गरेको, स्वीकृति पाउनुअघि नै कक्षा चलाएको, नयाँ नाम स्वीकृत नहुँदै बोर्ड राखेर विद्यार्थी भर्ना गरेको आरोप उमाविलाई लगाएका छन् । बिहिबार गिनिज इन्टरनेसनल, युनिभर्सल, ललितपुरको सिजी मनिपाल लगायत कलेजमा तोडफोड गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks