Loving nepal news

Saturday, August 21, 2010

पक्राउको विरोधमा राजधानी भित्रिने नाका बन्द

कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र ५ - प्रहरीले स्थानीयबासी पक्राउ गरेको विरोधमा थानकोट र आसपासका केहि ब्यक्तिले सडक अवरुद्ध पारेका छन् ।

पक्राउ ब्यक्तिलाई बिना र्सत छाड्नु पर्ने माग राख्दै आएका उनीहरुले एक घण्टा थानकोट नाका बन्द गराएका हुन् । शुक्रबार राती ८ बजे थानकोटको एनसिसिन बैङक अगाडी नियमित चेकजाँचमा बसेका प्रहरी माथी आक्रमण गरेको भन्दै थानकोट प्रहरीले महादेबस्थान गाविसका बालकृष्ण केसीलाई पक्राउ गरेको थियो ।

केसी सहित चार जनाको आक्रमणबाट महानगरीय प्रहरी प्रभाग थानकोटाका प्रहरी हवल्दार रमेश थापा र छबिलाल अछामी घाइते समेत भएका छन् । उनलाई छाड्नु पर्ने माग राख्दै केसीका आफन्तले दिउँसो देखि प्रदर्शन गरे पनि सडक अवरुद्ध भने ६ बजे देखी एकघण्टा सम्म गरेको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर बाटो सुचारु गर्न महानगरीय प्रहरी बृत कालीमाटी बृत र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

उनीहरुले डोजर तेर्स्याइ दिएपछि बाटो बन्द भएको प्रहरी निरीक्षक रामजी भेटवालले बताए ।

'डोजर राख्न अघि हामीले बाटो सुचारु बनाइरहेका थियौ्र' भेटवालले भने 'तर डोजर ल्याएर तेर्स्यापछि त्यो चलाउने चालक नभेट्दा समस्या पर्‍यो ।' अवरोधका कारण काठमाडौं उपत्यका भित्रिने र यहा“बाट बाहिरीने सवारी साधनको लामो जाम परेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks