Loving nepal news

Thursday, August 12, 2010

'हतियार नत्यागेसम्म माओवादी नेतृत्वमा सरकार बन्दैन'


श्यामसुन्दर शशि

जनकपुर, श्रावण २७ २०६७ ०८:३६ - कांग्रेस महामन्त्री विमलेन्द्र निधीले माओवादीले हतियार नत्यागेसम्म सहमतीय सरकार बन्न नसक्ने बताएका छन् । 'हतियार भएको पार्टीलाई सत्तासाझेदार बनाउनुको अर्थ लोकतान्त्रिक पद्धतिको उपहास हुनेछ,' उनले भने ।

बिहीबार कांग्रेस धनुषा अधिवेशन उदघाटन गर्दै उनले वाईसीएलको अर्धसैनिक दस्ता विघटन र कब्जा गरेको सम्पति फिर्ता नगरेसम्म कांग्रेसले माओवादी नेतृत्वको सरकारलाई स्वीकार नगर्ने बताए ।

महामन्त्री निधिले भदौ २ गते हुने प्रधानमन्त्री निर्वाचनमा आफ्ना संसदीय दलका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गरेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks