काठमाडौ, श्रावण ३० २०६७ ०५:३७ - उपचारका क्रममा नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा निधन भएकी माओवादी सभासद रामकुमारी यादवको शव सोमबार काठमाडौं ल्याउने तयारी भइरहेको माओवादीले जनाएको छ ।
ग्याँस सिलिन्डर चुहिएर आगोमा जलेकी यादवलाई आइतबार उपचारका लागि दिल्ली लगिएको थियो । हिजै साँझ उनको मृत्यु भएको हो । आजै काठमाडौं ल्याउने तयारी गरिए पनि भारतीय स्वतन्त्रता दिवसले गर्दा एक दिन ढिलो भएको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।उनको शवलाई अन्तिम श्रद्धान्जलीका लागि पार्टीका कार्यालयमा राखिने शर्माले बताए । भोलि नै धनुषा सदरमुकाममा उनको अन्तिम संस्कार गरिने छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks