Loving nepal news

Friday, August 6, 2010

ढिला आएका क–कस्ले भोट दिन पाएनन् ?

काठमाडौ, श्रावण २१ - संसदको बैठकमा मतदान प्रकृया सुरु भइसकेपछि आइ पुगेका एक दर्जन मन्त्री तथा सभासद्हरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन प्रकृयामा सहभागी हुन पाएनन् ।
यसरी भोट हाल्न नपाएकोमा उपप्रधान मन्त्री तथा फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छेदार, तमलोपाका अध्यक्ष महन्त ठाकुर, कृषि मन्त्री मृगेन्द्र कुमार सिंह, पर्यटन मन्त्री शरदसिं भण्डारी, भौतिक योजना राज्यमन्त्री संञ्जयकुमार साह, उद्योग राज्यमन्त्री दानबहादुर चौधरी, कृषि राज्यमन्त्री करिमा वेगम, महिला मन्त्री र्सवदेव ओझा माओवादीका लोकेन्द्र विष्टमगरलगायतका सभासद् मतदान प्रकृयामा भाग लिनबाट बञ्चित भएका छन् ।
'समयमै बैठक बस्ने विश्वास सभासद्हरुमा टुटी सकेको छ' उनले भने, 'म समयमै आउने मान्छे हुँ । आज आउँदा आउँदै जाममा परें । म कारवाही भोग्न तयार छु ।'
मन्त्री ओझाले भने सिंहदरवारबाट नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आइपुग्नलाई नै ४५ मिनेट लागेको दावी गरे । तमलोपा नेता हृदयस त्रिपाठी भने मर्यदा पालकले ढोका बन्द गर्दै गरेको बेला आइपुगेका थिए । ढोका बन्द गर्दै गरेको बेला हातले पञ्छाएर भित्र छिरेका थिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks