काठमाडौ, भाद्र ८ - चालक दल सहित १४ जना यात्रु बोकेको अग्नी एअरको डोनियर विमान मकवानपुरको शिखरापुर गाविसमा मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ ।
काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको १९ सिटे उक्त विमान मौसमको खराबीका कारण लुक्लामा अवतरण गर्न नसकी काठमाडौं फर्किदै थियो । विहान साढे ७ बजे उक्त दुर्घटना भएको स्थानीयले बताएका छन् ।
त्रिभुवन विमनस्थलको उद्धार कक्षले विहानदेखि विमान हराइरहेको पुष्टी गरेको छ । उक्त कक्षले विमान मकवानपुरको शिखरापुरमा दुर्घटनाग्रस्त भएको सूचना आएको र उद्धारकालागि घटनास्थल तर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको जनाएको छ ।
विमान क्षतविक्षत भएर दुर्घटनाग्रस्त भएको स्थानीयले जानकारी दिएको छ । लगातार पानी परिरहेकोले उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सिमरा विमानस्थलका अनुसार विमान हराइरहेको सूचना विहानै प्राप्त भएको थियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks