नेपाली काँग्रेस धनुषाको सभापति पदको लागि दोश्रो चरणको निर्वाचन आज हुँदै
अजयकुमार साह - भदौ ४ गते
नेपाली काँग्रेस धनुषाको सभापति पदको लागि आज जनकपुरमा निर्वाचन हुँदै छ। धनुषामा नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि साउन २८ गते भएको १२औं अधिवेशनले सभापति पदका लागि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको छ । काँग्रेसको विधानको धारा १० अनुसार सभापति पदका उम्मेदवारले प्रथम पटक कुल खसेको मतको ५१ प्रतिशत मत हासिल गर्नु पर्नेमा कुनै पनि उम्मेदवारले त्यति मत प्राप्त गर्न नसकेपछि आज दोश्रो चरणको निर्वाचन हुन लागेको हेा ।
काँग्रेस धनुषा सभापतिको लागि भएको निर्वाचनमा स्मृति नारायण चौधरी, रामसरोज यादव र महेश शंकर गिरिले उम्मेदवारी दिएका थिए । जसमा चौधरीले साधारण बहुमत प्राप्त गरेका थिए भने यादव दोश्रो भएका थिए ।
काँग्रेसको विधान अनुसार कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरेपछि सबैभन्दा बढी मत प्राप्त गर्ने दुर्इ उम्मेदवारहरु चौधरी र यादव बीच पुन मतदान हुने भएको हो । चौधरी कोइराला समूहबाट उम्मेदवारी दिएका छन् भने यादव देउवा समूहबाट उम्मेदवार भएका छन् ।
यादवलाई जिताउन काँग्रेसका महामन्त्री विमलेन्द्र निधि जोडतोड के साथ लागि परेका छन् भने केन्द्रिय सदस्य आनन्द ढुंगाना र लेखासमिति सभापति रामकृष्ण यादवले चौधरीलाई जिताउन पहल गरिरहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks