तनहुँ, भाद्र ११ - पोखरावाट मुग्लिङ्ग तर्फ जाँदै गरेको ट्रक र विपरीत दिशावाट आँउदै गरेको ट्याङ्करसँग विहीवार राति वन्दिपुर ४ विमलनगर नजिकै ठोक्किएर मर्स्याङ्दी नदीमा खस्दा ट्रक वेपत्ता भएको छ ।
वेपत्ता रहेको ट्रकका चालक र सहचालकको अवस्था अझै अज्ञात छ । मर्स्याङ्दीमा ट्रक पूर्णरुपमा डुवेकोले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।
पोखरातर्फ जाँदै गरेको ना २ ख ९२१५ नम्वरको ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा छन् । घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानियवासीले खोजी कार्य तिव्र पारेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks