Loving nepal news

Saturday, August 14, 2010

एसएलसी पुरक परीक्षा सुरु

मकर श्रेष्ठ

भक्तपुर, श्रावण ३० २०६७ ०९:२४ - एसएलसीमा दुई बिषयमा अनुतिर्ण विद्यार्थीले आइतबारदेखि पुरक परीक्षा दिदै छन् । आइतबार अंग्रेजी बिषयको परीक्षा भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उप नियन्त्रक अम्बिका रेग्मीले अङग्रेजी बिषयमा पचपन्न हजार एक सय १८ परीक्षार्थी सहभागी रहेको जानकारी दिए ।

सबै बिषयमा पुरक परिक्षा दिने एक लाख तीन हजार सात सय ११ विद्यार्थीका लागि दुई सय ३४ सेन्टर तोकिएको उनले बताए । सबै भन्दा धेरै अग्रेजी, त्यसपछि गणितमा ४६ हजार ६ सय २० जना, विज्ञानमा २७ हजार एक सय चार जना छन् । आजदेखि सुरु भएको परीक्षा ६ गतेसम्म चल्नेछ । बिदाको दिन पनि परिक्षा हुने रेग्मीले बताए । परीक्षा दिने सबै भन्दा बढी कैलालीमा ३ हजार ९ सय ७६ र सबै भन्दा कम मुस्ताङमा १५ जना सहभागि छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks