Loving nepal news

Tuesday, August 24, 2010

दुर्घनास्थलमा उद्दार जारी/शवसमेत सग्लो छैन: उद्दारकर्मी

कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र ८ - अग्नि एयरको मंगलबार बिहान दुर्घटना भएको स्थलमा नेपाली सेना, प्रहरी तथा स्थानीयले उद्दार तिब्र बनाएका छन् । उनीहरुले दुर्घनामा परेका विमानका भग्नावशेस तथा चालक दल तथा यात्रुहरुको शव संकलन गरिरहेको छ ।

मकवानपुरको शिखरपुर गाविस वडा नं २ बस्तीपुरस्थित बच्चेठाकुर प्राथमिक विद्यालय नजिक चौरमा मंगलबार बिहान ७:०४ बजे विमान दुर्घट्ना हुदा त्यसमा सवार चालक दलका तीन सहित सबै १४ जनाको मृत्यु भएको छ । उद्दारमा खटिएकाहरुका अनुसार कसैको पनि शवसमेत सग्लो भेटिएको छने ।

स्थानीय प्रदिप राईलाई उदृत गर्दै मकवानपुरस्थित कान्तिपुर संवाददाता प्रताप विष्टाले दिएको जानकारी अनुसार चालक दल र यात्रुहरु कसैको पनि सग्लो शरिर भेटिएको छैन । उद्दार टोली छरिएका टुक्राहरु खोजी रहेका छन् ।

दुर्घट्ना भएको स्थानमा करिव १० फिट गहिरो खाल्डो परेको छ ।

सेनाको मध्यपृतना मुख्यालयका प्रमुख सेनानी सरोज ढकाललाई उदृत गर्दै राससले जनाए अनुसार घटनास्थलमा मानिसको शव टुक्राटुक्रा भएर यत्रतत्र छरिएर रहेको र जहाज पनि टुक्राटुक्रा भएर पार्टपूर्जा छरिएको अवस्थामा रहेको जानकारी प्राप्त हुन आएको छ ।

घटनास्थलको दृश्य विभत्स देखिएको र सेनाले शवहरू सङ्कलन गर्दैरहेको मध्यपृतना मुख्यालय हेटौँडाले जनाएको छ ।

फापरबारीस्थित नेपाली सेनाको अस्थायी पोष्टबाट उपसेनानी रुकबहादुर गुरुङको कमान्डमा ३५ जना सेनाको टोली घटनास्थल पुगेको हो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks