काठमाडौ, श्रावण ३० २०६७ ०८:१७ - नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका कारण उपत्यका लगायत देशभरको जनजीवन प्रभावित भएको छ । उपत्यकाका विभिन्न स्थानमा महासंघका कार्यकर्ताले विहानैदेखि जुलुस निकालेका छन् भने केही ठाउँमा झडप भएको छ । बन्दमा संचालन गरेको गरेको भन्दै प्रदर्शनकारीले केही सवारी साधनमा तोडफोड गरेका छन् । प्रहरीले तीन दर्जन प्रर्दशनकारीलाई नियन्त्रणमा लिएको छ । राजधानीको कलंकी, बालाजु, कालीमाटी, कोटेश्वर, बानेश्वर, मिनभवन, चाहविल लगायतका स्थानमा महासचिव आङकाजी शेर्पा सहित तीन दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको अध्यक्ष राजकुमार लेखीले जानकारी दिए । विहान सामान्य सवारी चलेपनि ठाउँ-ठाउँको प्रर्दशनका कारण सर्बसाधरण हिडेर गन्तब्यतर्फ जान बाध्य छन् ।
महासंघले संविधानमा आदिवासी जनजाति, अल्पसंख्यक, महिला, मुस्लिम, दलितलगायतको मुद्दालाई सम्बोधन हुनुपर्ने भन्दै शनिबार राजधानीलगायत देशका प्रमुख सहरमा मसाल जुलुस प्रदर्शन गरेको थियो । संविधानसभा र राजनीतिक दलहरूको ध्यान शान्ति र संविधान निर्माणमा केन्दि्रत हुन नसकेको भन्दै उसले एक महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको हो । आफ्नो मुद्दालाई लिएर महासंघले यसअघि राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, राजनीतिक दलका प्रमुखलगायतलाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।
मोटरसाईकल तोडफोड
बन्दको अवज्ञा गरेको भन्दै उदयपुरको सदरमुकाम गाईघाटमा आदिवासी जनजाती महासंघका कार्यकताले एउटा मोटरसाइकल तोडफोड गरेका छन । दुई दर्जन भन्दा बढि मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै जिल्ला पशु र्कायलय उदयपुरको बा १ प ८४६८ नम्बरको मोटरसाईकल तोडफोड गरेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल चढेर कार्यालय प्रमुख डा देवनायण सिह क्षेत्रीय निर्देशनालयमा हुने समिक्षा गोष्ठिमा भाग लिन जादै थिए ।
त्यसैगरी अवज्ञा गर्ने करिव २ दर्जन मोटरसाइकल महासंघका कार्यकर्ताले नियन्त्रण लिएका छन । बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण धनकुटा सदरमुकाम लगायत मुख्य बजार आंशिक प्रभावित बनेको छ । धनकुटा भएर भोजपुर, तेह्रथुम, संखुवासभा तर्फ चल्ने सम्पुर्ण सवारी साधन ठप्प रहेको छ । बन्दले आइतबारदेखि सुरु भएको प्रवेशिका सामान्य प्रभावित भएको छ । सवारी नचल्दा परीक्षा केन्द्रमा जान परीक्षार्थी र केन्द्राध्यक्षलाई समस्या परेको जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks