Loving nepal news

Tuesday, August 17, 2010

अन्तिम दाह संस्कारको लागी सभासद यादवको पार्थिव शरिर

विजेता सिंह/जनकपुर,१ भदौ

उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएकी एनेकपा माओवादीकी सभासद रामकुमारी यादवको पार्थिव शरिरलाई अन्तिम दाह संस्कारको लागी धनुषाको बरममि्कया ल्याइएको छ। हेलिकप्टरबाट साढे एघार बजे यादवको शव उहाँको गृह जिल्ला धनुषाको बरममि्कया ल्याइएको हो।यादवलाइ अन्तिम श्रद्धाञ्जली दिन एनेकपा माओवादीका केन्द्रिय सचिव सीपि गजुरेल, गिरीराजमणी पोखरेल, विश्वनाथ साह, श्रवण यादव, महेन्द्र पासवान, रामकुमार शर्मा, कृष्णदेव सिंह दनुवार लगायतका एनेकपा माओवादीका नेताहरु बरममि्कया पुगेका छन्। यसैगरी यादवलाइ अन्तिम श्रद्धाञ्जली दिन माओवादीका संयोजक मातृका यादव पनि आफ्ना कार्यकर्ता सहित धनुषाको बरममि्कया पुगेका छन्।
यादवको अन्तिम दाह संस्कार आजै अपरान्ह हुने छ भने यादवलाई दागवत्ति उहाँकी जेठी छोरी बोधमायाले दिने माहोवादीले जनाएको छ। बरममि्कयामा अहिले यादवलाइ अन्तिम श्रद्धाञ्जली दिन एनेकपा माओवादी सहित अन्य दलका कार्यकर्ताहरुको घुइचो लागेको छ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks