Loving nepal news

Monday, August 16, 2010

प्रधानमन्त्रीका दुबै प्रतिष्पर्धीलाई उम्मेदवारी फिर्ता लिन एमालेको आग्रह

बहुमतीय प्रकृयामा सहभागी नहुने, नियमावली संशोधनका लागि सबै दलका सभासदको हस्ताक्षर संकलन गरि सभामुखलाई बुझाउन पहल गर्ने

काठमाडौ, ३१ श्रावण (दैनिकी)

नेकपा एमालेले प्रधानमन्त्रीका दुबै प्रतिष्पर्धीलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकले उक्त आग्रह गरेको हो । बैठकले राष्ट्रिय सहमतिको सरकारको पक्षमा पार्टीले लिएको अडान शान्दर्भिक भएको ठहर गरेको छ । बैठकपछि एमाले प्रमुख सचेतक भीम आचार्यले शान्ति र संविधानको लागि बहुमतीय प्रकृयामा पार्टी सहभागी नहुने बताउदै नियमावली संशोधनका लागि एमालेले सबै दलका सभासदको हस्ताक्षर संकलन गरि सभामुखलाई बुझाउन पहल गर्ने बताउनुभयो । उहाँले बैठकमा अधिकांस एमाले सभासदहरुले कुनै पनि हालतमा बहुमतीय खेलमा लाग्न नहुनेमा जोड दिएको बताउनुभयो । बैठकमा बोल्ने अधिकांस सभासदले एमाले केन्द्रीय कमिटीले बहुमतीय प्रकृयामा सामेल नहुन यसअघि गरेको निर्णय परिवर्तन गर्नु नहुनेमा नेतृत्वको ध्यानाकर्षण गराएका थिए । शान्तिप्रक्रिया र संविधान लेखनलाई पूर्णता दिन एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेसलाई मिलाएर अघि बढ्न उनीहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्रीको निर्वाचन भदौ २ गते हुदैछ । प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रतिष्पर्धा गरिरहेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks